TSK

TSK · प्रेरित 13:39

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

म ठिक भए पनि मेरो आफ्नै मुखले मलाई दोषी ठहराउँछ । र म दोषरहित भए पनि मेरा वचनले मलाई दोषी प्रमाणित गर्छन् ।

तपाईंको सेवकलाई इन्‍साफमा नपार्नुहोस्, किनकि तपाईंको दृष्‍टिमा कोही पनि धर्मी छैन ।

मैले तिनीहरूका पुर्खाहरूसित बाँधेको करारजस्तो यो हुनेछैन, जब मैले तिनीहरूलाई तिनीहरूका हात समातेर मिश्रदेशबाट बाहिर ल्याएँ, किनकि तिनीहरूले मेरो करार भङ्ग गरे तापनि म तिनीहरूका पति भएँ, यो परमप्रभुको घोषणा हो ।

हेर, एउटा यहूदी व्यवस्थाका शिक्षक खडा भएर यसो भन्दै उहाँलाई जाँचे “गुरु, मैले अनन्त जीवन पाउन के गर्नुपर्छ?”

म तिमीहरूलाई भन्दछु, कि यो मानिस अर्को मानिसभन्दा बढी धर्मी ठहरिएर आफ्नो घर फर्क्यो, किनभने हरेक जसले आफूलाई उचाल्दछ त्यो होच्याइनेछ र जसले आफैँलाई होच्याउँछ त्यो उचालिनेछ ।

साँचो, साँचो, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्‍वास गर्छ त्यससँग अनन्त जीवन हुन्छ र त्यो दोषी ठहराइनेछैन, तर त्यो मृत्युबाट जीवनमा सरेको छ ।

अब हामी जान्दछौँ, कि व्यवस्थाले जे भन्दछ त्यो व्यवस्थाको अधीनमा बस्‍नेहरू कै लागि भन्छ । यो हरेक मुख बन्द होस् भन्‍नाका लागि हो, ताकि सारा संसार परमेश्‍वरप्रति जवाफदेही हुन सकून् ।

तर त्यसको निम्ति जसले काम गर्दैन, तर त्यसको सट्टा अधर्मीलाई धर्मी ठहराउनुहुनेमा विश्‍वास गर्छ, त्यसको विश्‍वासलाई धार्मिकताको रूपमा गनिन्‍छ ।

यो हाम्रो निम्ति पनि लेखिएको थियो, जसको निम्ति यो गनिनेछ, हामी जसले हाम्रा येशू प्रभुलाई मृत्युबाट जीवित पार्नुहुनेमा विश्‍वास गर्छौं ।

अहिले हामी उहाँको रगतद्वारा अझ धेरै धर्मी ठहराइएका छौँ, अनि हामी उहाँको क्रोधबाट बचाइनेछौँ ।

एक समय म व्यवस्थाविना जीवित थिएँ, तर जब आज्ञा आयो, पापले पुनः जीवन पायो र म मरेँ ।

जुन कुरा गर्न व्यवस्था असमर्थ थियो, सो परमेश्‍वरले गर्नुभयो, किनकि यो शरीरद्वारा कमजोर थियो । उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको रूपमा पापको निम्ति बलिदान हुन पठाउनुभयो र उहाँले पापलाई शरीरमा दण्ड दिनुभयो ।

तर इस्राएलीहरू, जो व्यवस्थाको धार्मिकताको पछि लागे, तिनीहरू यसमा आइपुगेनन् ।

किनकि मानिसले धार्मिकताको निम्ति आफ्नो हृदयले विश्‍वास गर्छ, र उसले उद्धारको निम्ति आफ्नो मुखले स्वीकार गर्छ ।

व्यवस्थाद्वारा कोही पनि धर्मी हुन सक्दैन भन्‍ने कुरा हामी जान्दछौँ । त्यसको सट्टा, तिनीहरू येशू ख्रीष्‍टमा विश्‍वासद्वारा धर्मी ठहरिन्छन् । हामी ख्रीष्‍ट येशूमा विश्‍वासमा आयौँ ताकि हामी ख्रीष्‍टमा विश्‍वासद्वारा धर्मी ठहरिन सकौँ र व्यवस्थाअनुसारका कामहरूद्वारा होइन । किनकि व्यवस्थाअनुसारका कामहरूद्वारा कोही पनि धर्मी ठहरिन सक्दैन ।

धर्मशास्‍त्रले पहिले नै यो देखेको थियो, कि परमेश्‍वरले गैरयहूदीहरूलाई विश्‍वासद्वारा धर्मी ठहराउनुहुन्छ । अब्राहामलाई अगाडि नै सुसमाचार दिइएको थियो, “तँबाट नै पृथ्वीमा हुने सबै जातिहरू आशिषित हुनेछन् ।”

त्यसो भए, के व्यवस्था परमेश्‍वरका प्रतिज्ञाहरूको विरुद्धमा छ त? कदापि होइन! किनकि यदि जीवन दिन सक्‍ने व्यवस्था दिइएको भए, निश्‍चय नै त्यही व्यवस्थाद्वारा धार्मिकता आउने थियो ।

मैले जोसिलो रूपमा मण्डलीलाई सताएँ । व्यवस्थाको धार्मिकताको विषयमा चाहिँ म दोषरहित थिएँ ।

वर्तमान समयका लागि यो एक उदाहरण थियो । चढाइएका भेटी र बलिदानहरू दुवैले आराधकको विवेकलाई सिद्ध गर्न सकेनन् ।

अर्कोतिर, हरेक पुजारी दिनहुँ परमेश्‍वरको सेवा गर्न खडा भइरहन्छ । उसले सधैँ उस्तै भेटीहरू चढाइरहेको हुन्छ, त्यसले कहिल्यै पनि पापलाई उठाई लान सक्दैन ।