तब परमप्रभुले मोशालाई भन्नुभयो, “मैले यो जातिलाई देखेको छु । हेर्, तिनीहरू हठी मानिसहरू हुन् ।
TSK
TSK · प्रेरित 13:46
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
¶ कसैले नलखेट्दा पनि दुष्ट मानिसहरू भाग्छन्, तर धर्मी मानिसहरू जवान सिंहझैँ निर्भीक हुन्छन् ।
हेर, परमप्रभु तिमीहरूका परमेश्वर, इस्राएलको परमपवित्र, जसले तिमीहरूलाई महिमित पार्नुभएको छ, उहाँको कारणले तिमीहरूले नचिनेको जातिलाई बोलाउनेछौ, अनि तिमीहरूलाई नचिन्ने एउटा जाति तिमीहरूतिर दौडेर आउनेछ ।
यदि त्यो घर योग्यको छ भने, तिमीहरूको शान्ति त्यसमाथि आओस् । तर यदि त्यो योग्यको छैन भने, तिमीहरूका शान्ति तिमीहरूकहाँ नै फर्केर आओस् ।
अरूहरूले चाहिँ राजाका नोकरहरूलाई पक्रे; तिनीहरूसँग लाजमर्दो व्यवहार गरे, र तिनीहरूलाई मारे ।
र उहाँको नाउँमा यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई पश्चात्ताप र पाप क्षमाको बारेमा प्रचार गर्नुपर्छ ।
तिमीहरूले जे जान्दैनौ, त्यसैको आराधना गर्छौ । हामी जे जान्दछौँ, त्यसैको आराधना गर्छौं, किनकि उद्धार यहूदीहरूबाट नै आउँछ ।
जब तिनीहरूले पत्रुस र यूहन्नाको साहस देखे र महसुस गरे कि उनीहरू साधारण र आशिक्षित मानिसहरू थिए, तब पत्रुस र यूहन्ना येशूसँगै रहने गर्दथे भन्ने कुरा थाहा पाएर तिनीहरू छक्क परे ।
हे हठी मानिसहरू हो, हृदय र कानको खतना नभएकाहरू, तपाईंहरू सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ । तपाईंहरूका पुर्खाले जस्तो गरे तपाईंहरू पनि त्यस्तै गर्नुहुन्छ ।
पावल र उनका साथीहरू पर्गाबाट यात्रा गर्दै पिसिदियाको एन्टीओखियामा आइपुगे। त्यहाँ उनीहरू विश्राम दिनमा सभा घरमा गए र बसे ।
तर जब सिलास र तिमोथी माकेडोनियाबाट तल आए, पावललाई पवित्र आत्माले येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा यहूदीहरूलाई बताउन लगाउनु भयो ।
तर पहिले दमस्कसमा भएकाहरूकहाँ, त्यसपछि यरूशलेममा र यहूदियाको देशभरि रहनेहरू, र गैरयहूदीहरूकहाँ पनि तिनीहरूले पश्चात्ताप गरेर परमेश्वरमा फर्कनुपर्छ र पश्चात्ताप योग्यका कार्यहरू गर्नुपर्छ भनेर प्रचार गरेँ ।
म सुसमाचारको निम्ति शर्माउँदिनँ, किनकि यो विश्वास गर्ने सबैको निम्ति परमेश्वरको मुक्तिको शक्ति हो, पहिलो यहूदी र त्यसपछि ग्रिकहरूका निम्ति ।
तिनीहरू इस्राएलीहरू हुन् । धर्मपुत्र हुने अधिकार, महिमा, करारहरू, व्यवस्थाको उपहार, परमेश्वरको आराधना र प्रतिज्ञाहरू उनीहरूकै हुन् ।
त्यसो भए म भन्छु, “के तिनीहरू पतन हुनका लागि ठक्कर खाएका हुन्?” त्यस्तो कहिले नहोस् । बरु, तिनीहरूका असफलताद्वारा तिनीहरूलाई डाही तुल्याउनको निम्ति गैरयहूदीहरूकहाँ मुक्ति आएको छ ।
र परमप्रभुमा भएका धेरै भाइहरू मेरा साङ्लाहरूका कारण निडर भएर वचन बोल्ने आँट गर्न झनै बढी उत्साहित भएका छन् ।