TSK

TSK · दानिएल 7:4

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

शाऊल र जोनाथन जीवनमा प्रेमिलो र कृपालु थिए र आफ्‍नो मृत्‍युमा तिनीहरू छुटेनन् । तिनीहरू गिद्धभन्दा द्रूत र सिंहभन्दा बलिया थिए ।

हे परमप्रभु, तिनीहरूलाई त्रसित पार्नुहोस् । तिनीहरू मानिसहरू मात्र हुन् भनी जातिहरूले जानून् । सेला

तैंले आफ्नो हृदयमा भनेको थिइस्, 'म स्वर्गमा चढ्‍नेछु, परमेश्‍वरका ताराहरूभन्दा माथि म आफ्‍नो सिंहासनलाई उचाल्नेछु, र सभाको पहाडमाथि सूदूर उत्तरमा म विराजमान हुनेछु ।

हेर, बादलले झैं उहाँले आक्रमण गर्दै हुनुहुन्छ, र उहाँका रथहरू आँधीजस्ता छन् । उहाँका घोडाहरू गरुडहरूभन्दा छिटो कुद्छन् । हामीलाई धिक्‍कार छ, किनकि हामी सर्वनाश हुनेछौं ।

जवान सिंहले झैं उहाँले आफ्नो ठाउँ छाड्नुभएको छ, किनकि अत्याचारीको रिस र उहाँको बल्दो क्रोधको कारणले तिनीहरूको देश त्रासको ठाउँ हुनेछ ।

हेर्, यर्दनका जङ्गलहरूबाट हरिया खर्कहरूमा सिंहझैं ऊ माथितिर उक्लनेछ । किनकि म एदोमलाई त्‍यहाँबाट तुरुन्‍तै भाग्‍ने बनाउने छु, र चुनिएको कुनै व्‍यक्‍तिलाई म त्‍यसको जिम्मा लगाउनेछु । किनकि मजस्तो को छ र कसले मलाई बोलाउनेछ? कुनचाहिं गोठालोले मेरो विरोध गर्न सक्छ?”

हामीले खेद्‍नेहरू आकाशका चीलहरूभन्दा पनि छिटा थिए । तिनीहरूले हामीलाई पहाडहरूसम्मे खेदे, र उजाड-स्थानमा हामीलाई ढुकिबसे ।

“ए मानिसको छोरो, टुरोसको शासकलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तेरो हृदय अहंकारी छ । तैंले भनेको छस्, “म एक देवता हुँ । म समुद्रको बिचमा एक देवताको आसनमा बस्‍नेछु!” तँ एक जना मानिस मात्र होस्, र देवता होइनस्, तापनि तैंले आफ्नो हृदयलाई एक देवताको हृदय जत्तिकै बनाउँछस् ।

मानवजातिहरू बस्‍ने ठाउँ उहाँले हजुरका हातमा दिनुभएको छ । जमिनका पशुहरू र आकाशका चराहरू उहाँले हजुरका हातमा दिनुभएको छ, र ती माथि हजुरलाई शासन गर्ने बनाउनुभएको छ । हजुर नै त्यस सालिकको सुनको शिर हुनुहुन्छ ।

मेरो होश मलाई फिर्ता दिइएकै समयमा, मेरो राज्यको महिमाको निम्ति मेरो गौरव र वैभव मकहाँ फर्यो । मेरा सल्लाहकारहरू र भारदारहरूले मेरो कृपाको इच्‍छा गरे । मलाई आफ्‍नो सिंहासन फर्काइयो, र मलाई झनै धेरै महान्‌ता दिइयो ।

चारवटा पशुमध्‍येका अरू बाँकीका बारेमा, राज्‍य गर्ने अधिकार खोसियो, तर केही समयको निम्ति तिनीहरूका उमेर बढाइयो ।

किनकि घमण्डी जवान मानिसको निम्ति मद्य विश्‍वासघाती हुन्छ, र यसैकारण त्यसले सहन सक्दैन, तर त्यसले आफ्ना इच्छाहरूलाई चिहानझैँ बढाउँछ,र त्यो मृत्युझैँ कहिल्यै सन्तुष्‍ट हुँदैन । त्यसले आफ्नो निम्ति सारा जाति र मानिसहरूलाई भेला गराउँछ ।