TSK

TSK · दानिएल 9:25

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

यसरी फारसका राजा दाराको शासनकालको दोस्रो वर्षसम्म यरूशलेममा परमेश्‍वरको मन्दिरको काम रोकियो ।

¶ यसपछि फारसका राजा अर्तासास्तको शासनकालमा बेबिलोनबाट एज्रा आए । एज्राका पुर्खाहरू यिनै थिएः सरायाह, अजर्याह, हिल्कियाह,

राजा अर्तासास्तले इस्राएलका लागि परमप्रभुका विधिहरू र आज्ञाहरू सिकाउन पुजारी र अध्यापक एज्रालाई दिएको आदेशको प्रतिलिपी यही हो,

मैले राजालाई जवाफ दिएँ, “राजालाई असल लाग्यो भने, र हजुरका दासले हजुरको दृष्‍टिमा राम्रै गरेको छ भने हजुरले मलाई मेरा पिता-पुर्खाहरूका चिहान भए सहर यहूदा पठाउन सक्‍नुहुन्छ ताकि मैले यसको पुनर्निर्माण गर्न सकूँ ।”

¶ तब प्रधान पुजारी एल्यासीब आफ्ना सङ्गी पुजारीहरूसित उठे, र तिनीहरूले भेडा ढोका बनाए । तिनीहरूले यसलाई अर्पण गरी यसका ढोकाहरू बनाए । तिनीहरूले यसलाई सयको बुर्जा र हननेलको बुर्जासम्मै अर्पण गरे ।

तिनीहरू सबै मिलेर षड्यन्त्र रचे, र तिनीहरू यरूशलेमको विरुद्धमा र यसमा भ्रम उत्पन्‍न गर्न आए ।

यसरी बाउन्‍न दिनपछि एलूल महिनाको पच्‍चिसौँ दिनमा पर्खालको काम समाप्‍त भयो ।

मार्ने एउटा समय छ, र निको पार्ने एउटा समय । भत्काउने एउटा समय छ, र बनाउने एउटा समय ।

हेर, मैले उसलाई जातिहरूका निम्ति गवाहीको रूपमा, मानिसहरूका निम्ति अगुवा र कमाण्‍डरको रूपमा राखेको छु ।

आफ्नो धूर्तताले उसले आफ्नो हातमुनि छललाई सफल पार्नेछ । आफ्नै मनमा ऊ महान् हुनेछ । उसले अप्रत्‍यासित किसिमले धेरै मानिसहरूलाई नाश गर्नेछ । राजाहरूका राजाको विरुद्धमा पनि ऊ उठ्नेछ, र ऊ टुक्रा-टुक्रा पारिनेछ, तर मानिसका हातले होइन ।

¶ अब, ए सेनाहरूका छोरी, युद्धको निम्ति पङ्क्तिमा आओ, किनभने सेनाहरूले सहरको वरिपरि घेरा लगाएका छन्, र तिनीहरूले इस्राएलका न्यायकर्ताको गालामा छडीले हिर्काउनेछन् ।

असल माटोमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ र त्यसलाई बुझ्छ । त्यसले नै साँचो रूपमा फल फलाउँछ र केहीले सय गुणा, केहीले साठी गुणा, र केहीले तिस गुणा फल फलाउँछ ।”

जब तिमीहरूले विनाशकारी घृणित थोक खडा नहुनुपर्ने ठाउँमा खडा भइरहेको देख्छौ (पाठकले बुझोस्), यहूदियामा हुनेहरू पहाडहरूतिर भागून् ।

स्‍त्रीले उहाँलाई भनिन्, “(ख्रीष्‍ट भनिने) मसीह आउँदै हुनुहुन्‍छ भन्‍ने मलाई थाहा छ, जब उहाँ आउनुहुन्‍छ, उहाँले हामीलाई सबै कुरा बताउनुहुनेछ ।”

परमेश्‍वरले इस्राएललाई पश्‍चात्ताप गर्न र पापको क्षमा प्रदान गर्न उहाँलाई राजकुमार र मुक्तिदाता हुनलाई आफ्नो दाहिने हाततर्फ उचाल्नु भयो ।

समयलाई बचाओ, किनकि दिनहरू खराब छन् ।

उहाँको पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” भनी एउटा नाउँ लेखिएको छ ।