किनकि परमेश्वरले ईश्वरहीन मानिसलाई इन्कार गर्नुहुँदा, परमेश्वरले उसको जीवनलाई हटाउनुहुँदा, उसको आशा के हुन्छ र?
TSK
TSK · याकूब 4:3
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तिनीहरूले सहायताको निम्ति पुकारा गरे, तर कसैले तिनीहरूलाई बचाएन । तिनीहरूले परमप्रभुलाई पुकारा गरे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन ।
तब तिनीहरूले मेरो पुकारा गर्ने छन्, तर मे जवाफ दिने छैनँ । तिनीहरूले मेरो औधी खोजी गर्ने छन्, तर मलाई भेट्टाउने छैनन् ।
गरिबको पुकारामा कान थुन्नेले पुकारा गर्दा त्यसलाई जवाफ दिइने छैन ।
त्यसैले तिमीहरूले प्रार्थनामा आफ्ना हातहरू फैलाउँदा, तिमीहरूबाट म आफ्ना आँखा लुकाउँछु । तिमीहरूले धेरै प्रार्थना चढाए तापनि, म सुन्नेछैन । तिमीहरूका हातहरू रगतले भरिएका छन् ।
त्यसैले ए यर्मिया, तँ आफूले यी मानिसहरूको निम्ति प्रार्थना नचढा । तिनीहरूको पक्षमा तैंले विलाप वा बिन्ती गर्नहुँदैन । किनकि तिनीहरूले आफ्नो विपत्तिमा मलाई पुकारा गर्दा म तिनीहरूको पुकारा सुन्नेछैन्नँ ।
त्यसपछि तिमी शासकहरूले परमप्रभुलाई पुकार्नेछौ, तर उहाँले तिमीहरूलाई जवाज दिनुहुनेछैन । त्यस बेला उहाँले आफ्नो मुहार तिमीहरूदेखि लुकाउनुहुनेछ किनभने तिमीहरूले दुष्ट कामहरू गरेका छौ ।”
तर येशूले जवाफ दिनुभयो र भन्नुभयो, “तिमीहरूले के मागिरहेका छौ, सो तिमीहरूलाई थाहा छैन । के मैले पिउन गइरहेको कचौराबाट पिउन तिमीहरू सक्षम छौ र?” तिनीहरूले उहाँलाई भने, “हामीहरू सक्षम छौँ ।”
माग्ने हरेकले यो पाउनेछ; र खोज्ने व्यक्तिले भेट्टाउनेछ; र ढकढक्याउने व्यक्तिका लागि उघारिनेछ ।
तर जब तपाईंको छोरा आयो, जसले सम्पत्ति वेश्याहरूसँग सखाप पारेको थियो, त्यसको लागि तपाईंले मोटो पशु मार्नुभयो ।’
तर उसले शङ्का नगरी विश्वाससाथ मागोस् । किनभने शङ्का गर्नेचाहिँ बतासले हुत्त्याउने र यताउता पल्टाउने समुद्रको छालजस्तो हुन्छ ।
अनि हामीले जे माग्छौँ त्यो हामी उहाँबाट पाउँछौँ, किनकि हामीले उहाँका आज्ञाहरू पालन गर्छौं र उहाँको दृष्टिमा असल हुने थोकहरू गर्छौं ।