तब राजा एलियालाई भेट्न गए । जब आहाबले एलियालाई देखे, तिनले तिनलाई भने, “तिमी नै एलिया हौ? इस्राएलमा कष्ट ल्याउने तिमी नै हौ!”
TSK
TSK · मर्कूस 11:18
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
इस्राएलका राजाले यहोशापातलाई भने, “एक जना मानिस छन् जसबाट हामीले मदतको लागि परमप्रभुबाट सल्लाह लिन सक्छौँ । तिनी यिम्लाका छोरा मीकाया हुन्, तर म तिनलाई घृणा गर्छु किनकि तिनले मेरो बारेमा कुनै असल कुरोको भविष्यवाणी गर्दैनन्, केवल खरावी मात्र बोल्छन् ।” तर यहोशापातले भने, “राजाले यस्तो भन्नुहुँदैन ।”
जातिहरूले तुच्छ ठानेका, घृणा गरेका र शासकहरूका सेवकलाई इस्राएलको उद्धारक, तिनीहरूका परमपवित्र परमप्रभु यसो भन्नुहुन्छ, “विश्वासयोग्य परमप्रभु, इस्राएलका परमपवित्रले तँलाई चुन्नुभएको हुनाले राजाहरूले तँलाई देख्नेछन् र खडा हुनेछन्, अनि राजकुमारहरूले तँलाई देख्नेछन् र घोप्टो पर्नेछन् ।”
तर जब मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँले गर्नुभएका अचम्मका कुराहरू देखे, र जब तिनीहरूले मन्दिरमा केटाकेटीहरूले “दाऊदका पुत्रलाई होसन्ना” भनेर चिच्च्याइरकेका सुने, तिनीहरू रिसले चुर भए ।
जब मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँका दृष्टान्तहरू सुने, तिनीहरूकै विषयमा उहाँले बोलिरहनुभएको थियो भन्ने तिनीहरूले बुझे ।
तिनीहरू उहाँको शिक्षामा छक्क परे, किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तो होइन, तर अधिकार भएको व्यक्तिले जस्तै सिकाइरहनुभएको थियो ।
किनभने हेरोद यूहन्नासित डराउँथे; तिनी धर्मी र पवित्र जन थिए भन्ने तिनलाई थाहा थियो, अनि हेरोदले उनलाई सुरक्षित राखे । तिनको प्रचार सुन्दा हेरोद अशन्त हुन्थे, तरै पनि खुसीसाथ सुन्थे ।
तिनीहरूले येशूलाई पक्रन खोजे, तर तिनीहरू भिडसित डराए, किनभने उहाँले यो दृष्टान्त तिनीहरूकै विरुद्धमा बोल्नुभएको कुरा तिनीहरूले जाने । त्यसैले, तिनीहरूले उहाँलाई छाडे र गए ।
उहाँले बोल्नुभएको वचनको सबैजना साक्षी भए र सबै मानिसहरू उहाँको मुखबाट निस्केको अनुग्रही वचनप्रति आश्चर्य चकित भए । उनीहरू यसो भन्दै थिए, “के यी मानिस योसेफका छोरा होइनन् र?
त्यसकारण, शास्त्री र मुख्य पुजारीहरूले त्यति नै बेला उहाँलाई पक्रन खोजे । किनकि तिनीहरूलाई थाहा भयो कि उहाँले यो दृष्टान्त तिनीहरूकै विरुद्धमा भन्नुभएको थियो । तर तिनीहरू मानिसहरूसँग डराउँथे ।
त्यसैले, त्यस दिनदेखि उनीहरूले येशूलाई कसरी मार्ने भनी योजना बनाउन थाले ।
यदि कसैले तिनीहरूलाई हानि गर्न चाहन्छ भने, तिनीहरूका मुखबाट निस्केर आउने आगोले तिनीहरूका शत्रुहरूलाई नाश पार्नेछ । कसैले तिनीहरूलाई हानि गर्न चाहन्छ भने, त्यसलाई पनि यसरी नै मारिनुपर्छ ।