TSK

TSK · गन्ती 27:21

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

उनले तिनलाई छाती-पाता लगाइदिए, र छाती-पातामा ऊरीम र तुम्मीम राखिदिए ।

एउटा यस्तो मानिस जो तिनीहरूको अघिअघि बाहिर जाओस् र भित्र आओस् अनि तिनीहरूलाई बाहिर जाँदा र भित्र आउँदा नेतृत्व गरोस्, ताकि तपाईंका समुदाय गोठालोविनाका भेडाहरूजस्ता नहोऊन् ।”

लेवीको विषयमा मोशाले भनेः तपाईंको तुम्मीम र तपाईंको ऊरीम तपाईंको राजकीय जनसित छ, जसलाई तपाईंले मस्साहमा जाँच्नुभयो, जोसित तपाईंले मेरीबाको पानीमा झगडा गर्नुभयो ।

¶ यहोशूको मृत्युपछि, इस्राएलका मानिसहरूले परमप्रभुलाई यसो भनेर सोधे, “हाम्रा निम्ति कनानीहरूका विरुद्धमा युद्ध लड्‍नलाई तिनीहरूलाई पहिला कसले आक्रमण गर्नुपर्छ?”

तब इस्राएलका मानिसहरू माथि उक्ले र साँझसम्म परमप्रभुको अगि रोए, र उहाँबाट निर्देशनको खोजी गरे । तिनीहरूले भने, “के हाम्रा दाजुभाइ, अर्थात् बेन्यामीनीहरूसँग युद्ध गर्न हामी फेरि जाऔं?” परमप्रभुले भन्‍नुभयो, “तिनीहरूलाई आक्रमण गर!”

शाऊल पुजारीसँग बोलिरहँदा पलिश्‍तीहरूको छाउनीको हल्ला झन् बढ्दै थियो । तब शाऊलले पुजारीलाई भने, “तिम्रो हात झिक ।”

शाऊलले आफ्‍नो विरुद्धमा षड्यान्त्र गरिरहेका कुरा दाऊदलाई थाहा थियो । तिनले पुजारी अबीयाथारलाई भने, “एपोद यहाँ ल्याऊ ।”

दाऊदले पुजारी अहीमेलेकका छोरा अबीयाथारलाई भने, “बिन्ती छ, यहाँ मकहाँ एपोद ल्याऊ ।” अबीयाथारले दाऊदकहाँ एपोद ल्याए ।

पुजारीले ऊरीम र तुम्मीमसहित अनुमोदन नगरेसम्म तिनीहरूले पवित्र बलिदानका कुनै पनि थोक खान मिल्दैनथ्यो भनी राज्यपालले तिनीहरूलाई बताए ।