दाऊदले गणना गरेपछि तिनको हृदय दुःखी भयो । त्यसैले तिनले परमप्रभुलाई भने, “मैले यसो गरेर ठुलो पाप गरेको छु । अब हे परमप्रभु, आफ्नो सेवकको दोष हटाइदिनुहोस्, किनकि मैले धेरै मूर्ख भएर काम गरेको छु ।”
TSK
TSK · अय्यूब 7:21
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
मलाई हेर्ने परमेश्वरका आँखाले फेरि मलाई हेर्ने छैन । परमेश्वरका आँखा ममाथि हुनेछ, तर मेरो अस्तत्व हुनेछैन ।
मैले पाप गरें भने तपाईंले त्यो ख्याल गर्नुहुन्छ । तपाईंले मलाई मेरो अधर्मबाट छोड्नुहुन्न ।
तर मानिसचाहिं मर्छ । त्यो कमजोर हुन्छ । वास्तवमा मानिसले सास फेर्न छोड्छ र फेरि ऊ कहाँ हुन्छ?
ऊ सपनाझैं हराउनेछ, र भेट्टाइने छैन । वास्तवमा ऊ रातको दर्शनझैं लुप्त हुनेछ ।
तर जब म फेरि त्यो बाटो जाँदा, त्यो त्यहाँ थिएन । मैले त्यसलाई खोजें तर त्यसलाई भेट्टाउन सकिएन ।
जमिनबाट आएको धूलो जमिनमा फर्कनुअगि र आत्मा दिनुहुने परमेश्वरकहाँ आत्मा जानुअगि उहाँको सम्झना गर् ।
हे परमप्रभु, हामीसँग नरिसाउनुहोस्, न त तपाईंको मनमा हाम्रो विरुद्धमा निनुहोस् । कृपया हामी तपाईंका मानिसहरूलाई हेर्नुहोस् ।
तपाईंले हामीलाई किन सदाको निम्ति बिर्सनुहुन्छ? तपाईंले हामीलाई यति धेरै दिनसम्म किन त्याग्नुहुन्छ?
आफ्नो साथमा वचन लेओ र परमप्रभुकहाँ फर्क । उहाँलाई भन, “हाम्रा सबै अपराध क्षमा गर्नुहोस् र जे असल छ त्यो ग्रहण गर्नुहोस्, ताकि तपाईंलाई हामी आफ्ना ओठको फल चढाउन सकौं ।
अर्को दिन यूहन्नाले येशू आफूकहाँ आइरहनुभएको देखे र भने, “हेर, संसारको पाप उठाइलानुहुने परमेश्वरका थुमा!
तर यदि हामीले आफ्ना पापहरू स्वीकार गर्छौं भने उहाँ हामीलाई हाम्रा पापहरू क्षमा गर्न र सबै अधर्मबाट हामीलाई शुद्ध पार्न विश्वासयोग्य र धर्मी हुनुहुन्छ ।