TSK

TSK · योएल 2:13

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

पछि रूबेन त्यस खाडलमा फर्केर गए, तर योसेफ भने खाडलमा थिएनन् । उनले आफ्ना लुगाहरू च्याते ।

परमप्रभु तिनको सामु भएर जानुभयो र घोषणा गर्नुभयो, “परमप्रभु, परमप्रभु, परमेश्‍वर करुणामय र अनुग्रही, रिस गर्नमा ढिलो अनि करारको विश्‍वसनीयतामा प्रचुर र भरोसायोग्य हुनुहुन्छ ।

त्यसपछि दाऊदले आफ्नो लुगा च्याते र तिनीसँग भएका सबै मानिसहरूले त्यसै गरे ।

जब इस्राएलका राजाले चिठी पढेका थिए, तब तिनले आफ्ना लुगा च्याते र भने, “आफैमा कुष्ठरोग भएको मानिसलाई मैले निको पारोस् भनी यो मानिसले इच्‍छा गर्नलाई मार्न र जिउँदो पार्न के म परमेश्‍वर हुँ र? उसले मसित झगडाको निहुँ खोजेको जस्‍तो पो लाग्‍दैछ ।”

जब राजाले व्यवस्थाका वचनहरू सुने तिनले आफ्ना लुगा च्याते ।

तब तपाईंले तिनीहरू हिंड्‍नुपर्ने असल मार्गमा तिनीहरूलाई डोर्‍याउनुहुँदा, स्‍वर्गमा सुन्‍नुहोस्, र आफ्‍ना सेवकहरू र आफ्‍ना मानिस इस्राएलको पाप क्षमा गर्नुहोस्‌ । तपाईंका मानिसहरूलाई तपईंले उत्तराधिकारको रूपमा दिनुभएको देशमा झरी पठाउनुहोस् ।

तब अय्यूब उठे, आफ्नो लुगा च्याते, कपाल खौरे, भुइँमा घोप्‍टो परे र परमेश्‍वरको आराधना गरे ।

परमेश्‍वरका बलिदानहरू तोडिएको आत्मा हो । हे परमेश्‍वर, तपाईंले तोडिएको र पश्‍चतापी हृदयलाई घृणा गर्नुहुनेछैन ।

तर हे परमप्रभु, तपाईं कृपालु र अनुग्रही, रिसाउनमा ढिला, करारको विश्‍वस्‍तता र भरोसायोग्‍य गुणमा प्रशस्तका परमेश्‍वर हुनुहुन्छ ।

उहाँले तिनीहरूसँगको आफ्‍नो करारलाई सम्झिनुभयो र आफ्‍नो अटल प्रेमको कारणले नरम हुनुभयो ।

उच्‍च र माथि उचालिले यसो भन्‍नुहुन्छ, जो अनन्तसम्म जिउनुहुने, जसको नाउँ पवित्र हो, “म उचालिएको र पवित्र स्थानमा बस्‍छु, साथै जसको तोडिएको र नम्र आत्मा हुन्‍छ, नम्रहरूका आत्मा जगाउन र पश्‍चात्तापीहरूका हृदयलाई जगाउन, तिनीहरूमा म पनि बस्‍छु ।

यो परमप्रभुको घोषणा हो, “यी सबै कुराहरू मेरै हातले बनाएका हुन् । यसरी नै ती हुन आए ।” मैले स्‍याबसी दिने मानिस यही हो, जो आत्मामा तोडिएको र चूर्ण छ र जो मेरो वचनमा काम्दछ ।

तर मैले त्‍यस्तो घोषणा गरेको त्यो जाति दुष्‍ट्याइँबाट फर्कन्छ भने मैले त्यसमाथि ल्याउने योजना गरेको विपत्ति म ल्याउनेछैनँ ।

परमप्रभुले तिनलाई भन्‍नुभयो, “सहरको बिचबाट— यरूशलेमको बिचबाट भएर जा र सहरमा गरिएका सबै घिनलाग्‍दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निदारहरूमा एउटा चिन्‍ह लगा ।”

कसलाई जान्‍दछ? परमेश्‍वर नरम बन्‍न र आफ्नो मनलाई बद्लन र आफ्नो भयङ्कर क्रोधबाट फर्कन सक्‍नुहुन्‍छ, जसले गर्दा हामी नष्‍ट हुनेछैनौं ।”

तपाईंझैँ परमेश्‍वर को छ, जसले पापलाई मेटाउनुहुन्छ, र आफ्नो उत्तराधिकारका बाँकी रहेकाहरूको अपराध क्षमा गर्नुहुन्छ? उहाँ सदाको निम्ति रिसाउनुहुन्‍न, किनभने उहाँ आफ्नो करारको विश्‍वसनीयतामा खुशी हुनुहुन्छ ।

“धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो ।

अथवा के तिमी उहाँको कृपाको प्रशस्तता, उहाँको दण्डको ढिलाइ र उहाँको धैर्यलाई तुच्छ ठन्छौ? के उहाँको भलाइ तिमीहरूलाई पश्‍चात्तापमा डोर्‍याउनलाई हो भन्‍ने तिमीहरू जान्दैनौ?

तर परमेश्‍वरले आफ्नो महान् प्रेमले हामीलाई प्रेम गर्नुभएको कारण उहाँ दयामा धनी हुनुहुन्छ ।

मेरो प्रिय भाइहरू हो, तिमीहरू यो जान्‍दछौः हरेक मानिस सुन्‍नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा होस् ।