किनकि मेरो हात स्वर्गतर्फ उठाई म भन्छु, 'जस्तो म सदा जीवित रहन्छु, त्यसरी नै म काम गर्ने छु ।
TSK
TSK · गन्ती 14:21
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
उहाँको महिमित नाउँ सदासर्वदा धन्यको होस् र सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण होस् । आमेन र आमेन ।
वरिपरि हेर र देख्, तिनीहरू भेला हुँदैछन् र तँकहाँ आउँदैछन् । जस्तो म जीवित छु— यो परमप्रभुको घोषणा हो— तैंले तिनीहरूलाई गहनाझैं लगाउनेछस् र तैंले तिनीहरूलाई दुलहीले झैं लगाउनेछस् ।
यसकारण जस्तो म जीवित छु—यो परमप्रभु परमेश्वरको घोषणा हो—तेरा सबै घृणित कुराहरू र तैंले गरेका सबै घिनलाग्दा कामहरूले मेरो पवित्रस्थानलाई तैंले बिटुलो पारेको हुनाले म आफै तेरो संख्या घटाउनेछु । मेरो आँखाले तँलाई टिठ्याउनेछैन, र म तँलाई छोड्नेछैनँ ।
जसरी मिश्रदेशको उजाड-स्थान मैले तिमीहरूका पुर्खाहरूको न्याय गरें, त्यसरी नै म तिमीहरूको न्याय म गर्नेछु— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
तैंले तिनीहरूलाई यस्तो भन्नू, ‘परमप्रभु परमेश्वर यस्तो भन्नुहुन्छ: जस्तो म जीवित छु, भग्नावशेषमा जिउनेहरू तरवारद्वारा मारिनेछन्, र मैदानमा भएकाहरूलाई म जीवित पशुहरूकहाँ आहराको रूपमा दिनेछु, र किल्लाहरू र गुफाहरूमा भएकाहरू महामारीले मर्नेछन् ।
यसैकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यो घोषणा गर्नुहुन्छ, म जीवित रहेझैँ, मोआब सदोमझैँ हुनेछ, र अम्मोनीहरू गमोराझैँ अर्थात् काँडाहरू र नुनको खाडल भएको ठाउँझैँ हुनेछन्, जो सधैँको निम्ति त्यागिएका छन् ।”