बिहान तिनको आत्मा बेचैन भयो । तिनले मिश्रका सबै जादुगर र बुद्धिमान् मानिसहरूलाई बोलाउन पठाए । फारोले तिनीहरूलाई आफ्ना सपनाहरू बताए, तर फारोलाई सपनाहरूको अर्थ खोल्न सक्ने त्यहाँ कोही भएन ।
TSK
TSK · दानिएल 7:15
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
मेरो बारेमा, म तपाईंको अनुसरण गरेर गोठालो हुनदेखि भागेर म गइन । मैले विपत्तिको समयको प्रतीक्षा गरिनँ । मेरो जिब्रोबाट निस्केको घोषणाहरू तपाईं जान्नुहुन्छ । ती तपाईंकै उपस्थितिमा गरिएका थिए ।
राजाले तिनीहरूलाई भने, “मैले एउटा सपना देखें, र त्यो सपनाको अर्थ के हुन सक्छ भनेर जान्नलाई मेरो मन विचलित भएको छ ।”
तब बेलतसजर भनिने दानिएल केही समय धेरै चिन्तित भए, र आफ्ना विचारहरूले तिनलाई त्रसित पार्यो । राजाले भने, “ए बेलतसजर, त्यो सपना वा त्यसको अर्थले तिमी त्रसित नहोऊ ।” बेलतसजरले जवाफ दिए, “मेरा मालिक, यो सपना हजुरलाई घृणा गर्नेहरूका निम्ति होस्, र त्यसको अर्थ हजुरका शत्रुहरूका निम्ति होस् ।
कुराको अन्त यही हो । म, दानिएलको बारेमा, मेरा विचारहरूले मलाई धेरै भयभीत बनाए र मेरो अनुहारको स्वरूप परिवर्तन भयो । तर यी कुराहरू मैले आफूमा नै सिमित राखें ।”
मैले सुनेँ, र मेरा भित्री अङ्गहरू काँपे! त्यो आवाजमा मेरा ओठ थर-थर काँपे । हामीलाई आक्रमण गर्ने मानिसहरूमाथि आउने संकटको दिनलाई शान्त भएर पर्खिंदा मेरा हड्डीहरू मक्किन्छन्, र म भित्र-भित्रै काँप्छु ।
कि मेरो लागि मेरो हृदयमा असाध्य कष्ट र अटुट पीडा छ ।
जब म स्वर्गदूतकहाँ गएँ र त्यो सानो चर्मपत्रको मुट्ठो मागे, तब तिनले मलाई भने, “चर्मपत्रको मुट्ठो लाऊ र खाऊ । यसले तिम्रो पेटलाई तितो बनाउनेछ, तर तिम्रो मुखमा यो महजस्तै गुलियो हुनेछ ।”