TSK

TSK · व्यवस्था 32:21

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

तिमीहरूलाई फाइदा नहुने र छुटकारा दिन नसक्‍ने रित्ता कुराहरू नलाग, किनभने तिनीहरू व्यार्थ हुन् ।

बाशा र तिनका छोरा एलाहले गरेका पाप र इस्राएललाई गर्न लगाएका सबै पापको कारण अनि तिनीहरूका मूर्तिहरूले इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाएको कारण यस्तो हुन आएको हो ।

तिनीहरूका सामुबाट परमप्रभुले धपाउनुभएका जातिहरूले गरेजस्तै तिनीहरूले उच्‍च थानहरूमा धूप बाले । परमप्रभुलाई रिस उठाउनलाई इस्राएलीहरूले दुष्‍ट कुराहरू गरे,

किनकि तिनीहरूले मलाई त्यागे अनि अन्य देवताहरूलाई धूप बाले, यसरी तिनीहरूले गरेका सबै कामले तिनीहरूले मलाई रिस उठाए— यसकारण यस ठाउँको विरुद्धमा मेरो क्रोध दन्केको छ, र यो निभाइने छैन' ।”

किनकि तिनीहरूले उहाँलाई आफ्‍ना अग्‍ला डाँडाहरूले क्रुद्ध बनाए र आफ्‍ना मूर्तीहरूले उहाँलाई डाहले रसाउने बनाए ।

के कुनै जातिले आफ्ना देवताहरू साटेका छन्? यद्यपि ती देवताहरू नै थिएनन् । तर जुन कुराले मेरो जातिलाई मदत गर्न सक्दैन, तिनै कुरासित तिनीहरूले आफ्‍नो महिमालाई साटेका छन् ।

हेर्नुहोस्, टाढाको देशमा भएका मेरो मानिसहरूको छोरीको क्रन्दन सुन्‍नुहोस् । के परमप्रभु सियोनमा हुनुहुन्‍न र? के त्यसका राजा अहिले त्यहाँ हुनुहुन्‍न र? त्यसो भए, तिनीहरूले आफ्ना खोपिएका मूर्तिहरू र बेकम्मा विदेशी देवताहरूले मलाई किन रिस उठाउँछन् त?

के जातिहरूका कुनै बेकम्मा मूर्तिले वर्षा ल्याउँछ सक्‍छ र? वा के आकाश आफैले झरी पठाउँछ? हे परमप्रभु तपाईं नै हाम्रा परमेश्‍वर हुनुहुन्‍न र? हामीले तपाईंमा प्रतीक्षा गर्छौं, किनकि यी सबै कुरा गर्नुहुने तपाईं नै हुनुहुन्छ ।

तब तिनले हातजस्‍तै आकार पसारेर मेरो कपाल समातेर मलाई जुरुक्‍क उठाए । आत्‍माले मलाई पृथ्‍वी र स्‍वर्गको बिचमा उचाल्नुभयो, र परमेश्‍वरका दर्शनहरूमा यरूशलेममा मन्‍दिरको भित्री चोकमा प्रवेश गर्ने उत्तरपट्टिको मूल ढोकानेर उहाँले मलाई लग्‍नुभयो, जहाँ डाही बनाउने मूर्ति खडा थियो ।

तिनीहरूले प्रेमपुर्ण विश्‍वस्ततालाई प्रेम गर्न छोड्‍दा, तिनीहरूले बेकारका देवताहरूमाथि ध्यान लगाए ।

जसरी उहाँ होशेको पुस्तकमा भन्‍नुहुन्छ, “जो मेरा मानिसहरू थिएनन्, म तिनीहरूलाई मेरा मानिसहरू भन्‍नेछु, र जो प्रिय थिएनन् तिनलाई प्रिय भन्‍नेछु ।

त्यसो भए म भन्छु, “के तिनीहरू पतन हुनका लागि ठक्‍कर खाएका हुन्?” त्यस्तो कहिले नहोस् । बरु, तिनीहरूका असफलताद्वारा तिनीहरूलाई डाही तुल्याउनको निम्ति गैरयहूदीहरूकहाँ मुक्‍ति आएको छ ।

तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीहरू, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ । त्यसैले, तिमीहरूलाई अन्धकारबाट बोलाई उहाँको उदेकको ज्योतिमा ल्याउनुहुनेका आश्‍चर्यकर्महरूको घोषणा गर्न सक ।