म धेरै टाढाबाट आफ्नो ज्ञान प्राप्त गर्नेछु । धार्मिकता मेरा सृष्टिकर्ताको हो भनी म स्वीकार गर्छु ।
TSK
TSK · रोमी 3:4
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तपाईंको विरुद्धमा, केवल तपाईंको विरुद्धमा मैले पाप गरेको छु र तपाईंको दृष्टिमा जे खराब छ त्यही गरेको छु । तपाईं बोल्नुहुँदा तपाईं ठिक हुनुहुन्छ । तपाईंले न्याय गर्नुहुँदा तपाईं ठिक हुनुहुन्छ ।
किनकि परमप्रभु असल हुनुहुन्छ । उहाँको करारको विश्वस्तता सदासर्वदा र उहाँको सत्यता सबै पुस्तामा रहन्छ ।
तपाईंको वचनको सार सत्य छ । तपाईंका हरेक धार्मिक आदेशहरू सदासर्वदा रहन्छन् । शीन
प्राचीन दिनहरूमा तपाईंले हाम्रा पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएझैँ तपाईंले याकूबलाई सत्यता र अब्राहामलाई करारको विश्वसनीयता दिनुहुनेछ ।
उनी आएर ती कामदारहरूलाई मार्नेछन् र दाखाबरी अरूहरूलाई दिनेछन् ।” यो सुनेर तिनीहरूले भने, “यस्तो कहिल्यै नहोस्!”
कहिल्यै यस्तो नहोस्! किनकि त्यसो भए त परमेश्वरले कसरी संसारको न्याय गर्नुहुन्छ?
यस्तो कहिल्यै नहोस् । हामी जो पापप्रति मर्यौँ हामी यसमा कसरी जिउने?
त्यसो भए, हामी के भनौँ त? के व्यवस्था आफैँ पाप हो? यस्तो कहिल्यै नहोस् । तथापि यदि व्यवस्था नभएको भए मैले कहिल्यै पाप जान्ने थिइनँ । किनकि यदि व्यवस्थाले, “तैँले लोभ नगर्” नभनेसम्म मैले लोभ के हो भनी कहिल्यै जान्ने थिइनँ ।
त्यसो हो भने, हामी के भनौँ त? के परमेश्वरसित अधार्मिकता छ त? कहिल्यै यस्तो नहोस् ।
त्यसो भए म भन्छु, “के तिनीहरू पतन हुनका लागि ठक्कर खाएका हुन्?” त्यस्तो कहिले नहोस् । बरु, तिनीहरूका असफलताद्वारा तिनीहरूलाई डाही तुल्याउनको निम्ति गैरयहूदीहरूकहाँ मुक्ति आएको छ ।
तर जसरी परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, हामी एकैसाथ “हो” र “होइन” भन्दैनौँ ।
म परमेश्वरको अनुग्रहलाई इन्कार गर्दिनँ, किनकि यदि व्यवस्थाद्वारा धार्मिकता आउने भए, ख्रीष्ट व्यर्थैमा मर्नुभयो ।
अनन्त जीवनको निश्चयतामा, झुटरहित परमेश्वरले समयका सबै युगभन्दा पहिले प्रतिज्ञा गर्नुभयो ।
जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ त्यो आफैँसँग गवाही हुन्छ । जसले परमेश्वरलाई विश्वास गर्दैन, त्यसले उहाँलाई झुटो बनाएको छ, किनभने परमेश्वरले उहाँका पुत्रको विषयमा दिनुभएको गवाहीलाई त्यसले विश्वास गरेको छैन ।
“फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेखः ‘जो सत्य र पवित्र हुनुहुन्छ, यी वचनहरू उहाँका हुन्, उहाँले दाऊदको साँचोलाई पक्रनुभएको छ, उहाँले खोल्नुहुन्छ र कसैले पनि बन्द गर्न सक्दैन, उहाँले बन्द गर्नुहुन्छ र कसैले पनि खोल्न सक्दैन ।